हुन्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
पक्राउ पर्नेमा भारत मोतिहारी मधुवन थाना घर भई काठमाडौंको कुलेश्वर बस्ने २४ वर्षीय ओमप्रकाश कुमार यादव र ४४ वर्षीय राकेश राय छन्।
हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले दुई लाख १० हजार ४९५ रुपैयाँ नगद, चेकबुक लगायत बरामद गरेको छ।
थप अनुसन्धानको लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको कार्यालयले जनाएको छ।