दार्चुलामा घरको सिँढीबाट लडेर एक वृद्धाको मृत्यु भएको छ।
शैल्यशिखर नगरपालिकामा घरको सिँढीबाट सोही नगरपालिका–९ गाँजरीका ७० वर्षीया कलावती महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
दार्चुलाका प्रहरी निरीक्षक बलिन्द्र नाथका अनुसार आफ्नै घरको सिँढी (भर्याङ) बाट लडेर महर बेहोस भएकी थिइन्। उनको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक नाथले जानकारी दिए।
घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।