भारत पस्न लागेका दुई किशोरीको कञ्चनपुरबाट उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार बेलौरी नगरपालिका–१० स्थित भुडा चौकीबाट खटिएको प्रहरी टोलीले भारतीय बजार कम्बोजनगर हुँदै भारत पस्न तयार उनीहरूको उद्धार गरेको हो।
उनीहरू १४ वर्षीय र १३ वर्षीय रहेका छन्। प्रहरीले शंकाको आधारमा सोधपुछ गर्दा दुवैले भारत हुँदै कोरिया जान लागेको बताएका थिए। कसैबाट ठगिएको अथवा झुक्काइएको हुनसक्ने भन्दै प्रहरीले दुवै जनालाई उद्धार गरी आफन्तको जिम्मा लगाएको छ।