चार किलो गाँजासहित पर्साबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ९ का लोटन राउत कुर्मी र सोही ठाउँका देवलाल साह कलवारलाई दुई/दुई किलो गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभट्टा गाउँनजिक सडकखण्डमा साइकल चलाएर जाँदै गरेको अवस्थामा खानतलासी गर्दा प्रहरीले उनीहरूको साथबाट गाँजा बरामद गरेको डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।
उनीहरूविरूद्ध लागुऔषध सम्बन्धी कसुर मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको उनले बताए।