खोटाङमा पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ परेका छन्।
जन्तेढुंगा गाउँपालिका-६ का राजु राई पक्राउ परेका हुन्।
उनलाई शनिबार राति ११ बजे सोही वडाकै जंगलबाट इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको टोलीले पक्राउ गरेको हो।
शनिबार साँझ खेल्दै गरेकी बालिकामाथि राईले जबरजस्ती करणी गरेका थिए। परिवारका सदस्यले खबर गर्नसाथ प्रहरी घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक राजु निरौलाले जानकारी दिए।
'बालिकालाई जिल्ला अस्पताल पठाएर युवकको खोजिकार्य सुरू गरेका थियौं, रातको समय भएकाले राई टाढा पुगेका रहेनछन्,' उनले भने।
राईलाई जिल्ला प्रहरी कार्यालय दिक्तेल पठाइएको छ भने बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए।
यस घटनामा थप अनुसन्धान भइरहेको छ।