स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-२७ ज्याठास्थित सडकखण्डमा प्रहरीले आकस्मिक चेकपोइन्ट राखेर चेक गर्नेक्रममा एक जनाबाट १० लाख नगद बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
शनिबार बिहान साढे २ बजे प्रहरीले भारतको मोतिहारीका ४० वर्षीय रूपेशकुमार गुप्तालाई पक्राउ गरेको हो। बा ९१ प ९९५८ नम्बरको स्कुटरमा रहेका उनको डिक्कीमा १० लाख नगद राखेको अवस्थामा फेला परेको हो।
उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
थप अनुसन्धानका लागि आइतबार राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकमा पठाएको परिसरले बताएको छ।