स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ परेका छन्।
आइतबार रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ डण्डाबाट १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
पक्राउ पर्नेमा भारतको महाराजगन्ज सुनौली ग्रामपंचायत-२० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर हमायुपुर बस्ने ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी छन्।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवा आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यान रोकेर चेक गरेको थियो।
चेक गर्नेक्रममा राजु कौशलबाट ९ लाख भारतीय रुपैयाँ, अभिनव जैसवाल र आस्तिक त्रिपाठीबाट एक लाख भारतीय रुपैयाँ बरामद गरेको हो।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाएको छ।