काठमाडौंको गौशालामा धारिलो हतियार प्रहार गरी एक जना घाइते भएका छन्।
घाइते हुनेमा कोटेश्वर बस्ने ३८ वर्षीय समिर हुसेन छन्। दुई जना व्यक्ति आएर उनीमाथि धारिलो हतियार प्रहार गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलले बताए।
घटनास्थलबाट पेस्तोल र धारिलो हतियार बरामद भएको प्रहरी प्रवक्ता कुमोध ढुंगेलले बताए।
‘गोली नचलेर चक्कुले हिर्काएको हो कि भन्ने आशंका छ’, उनले भने।
घाइतेलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। घाइतेको खुट्टामा चोट लागेको छ।
विदेशबाट आएका व्यक्तिले हुसेनमाथि धारिलो हतियार प्रयोग गरेका प्रहरीले जनाएको छ।
उनीमाथि के कारणले प्रहार गरियो यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
*यसअघि अन्यथा पर्न गएकोमा सच्याइएको छ।- सम्पादक