राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तोसिमा कार्कीको टोलीले मिटरब्याज पीडितका लागि स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।
शुक्रबार दिउँसो कार्कीको टोलीले ६ सय भन्दा धेरै मिटरब्याज पीडितहरूको स्वास्थ्य परीक्षण गरेका छन्। उनीहरूले काठमाडौं भृकुटीमण्डप पुगेर शिविर सञ्चालन गरेका हुन्।
मिटरब्याज पीडितहरू पैदलयात्रा गरेर फागुन ११ गते काठमाडौं आइपुगेका थिए। सोही दिनदेखि उनीहरू भृकुटीमण्डपमा बस्दै आएका छन्।
तोसिमासहित रास्वपा सांसद सोविता गौतम, चन्दा कार्कीसहित चिकित्सकहरू उपस्थित थिए।
उनीहरूले सामान्य घाउमा पट्टी लगाइदिने र औषधि समेत दिएको मिटर ब्याज तथा ठगी विरूद्ध किसान-मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले जानकारी दिए।
लामो समयदेखि पैदलयात्रा गरेकाहरूको पैतालामा चोट लागेको छ। त्यस्ता घाउ सफा गर्ने र मलमपट्टी गरिदिएको उनले बताए।