सप्तरीको कुनौली–राजविराज सडकखण्डमा पर्ने तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि एक पुरूषको शव फेला परेको छ।
राजविराज नगरपालिका–१६ बस्ने राजेशकुमार यादव पुलमुनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
पुलमुनि मधेस प्रदेश ३०६१ नंको मोटरसाइकल सहित उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गएको हुन सक्ने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।
कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुलेको छैन तर घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ।
पुलको तल शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। मृतकको पहिचान भएपछि परीक्षणका लागि शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ।