देशभरका नेत्र सहायकहरूको भेलाले चितवनका रमेश घिमिरेको अध्यक्षतामा नयाँ समिति बनाएको छ।
चितवनको सौराहामा भएको नेपाल नेत्र सहायक परिवारको चौथो राष्ट्रिय अधिवेशनले नयाँ समिति चयन गरेको हो।
समितिको वरिष्ठ उपाध्यक्षमा नवीनकुमार राजवंशी, उपाध्यक्षमा भवानीप्रसाद पाठक, महासचिवमा रमेश प्रधान, सचिवमा महेश पराजुली, कोषाध्यक्षमा सन्तोष घिमिरे र सह-कोषाध्यक्षमा दमन अधिकारी चयन भएका छन्।
२०४८ सालमा दर्ता भएको यो संस्थाको २०६० सालमा यसअघि भैरहवा र काठमाडौंमा अधिवेशन भएको थियो। अध्यक्ष घिमिरेका अनुसार नेपालमा आठ सय नेत्र सहायक छन्।
अन्धोपन निवारण तथा आँखा सेवालाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगबाट सञ्चालन गर्न नेत्र सहायकहरूको भूमिका र योगदान महत्वपूर्ण रहने घिमिरेले बताए।
उनले पेशागत समस्या र सुरक्षाका साथ परिस्कृत रूपमा अन्धोपना न्यूनिकरणमा संस्थागत टेवा पुर्याउने संस्थाको उद्देश्य रहेको बताए।