लागु औषध खैरो हेरोइन कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ललितपुर महानगरपालिका-१० सातदोबाटोबाट एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ललितपुर महानगर-२४ धापाखेल बस्ने ३६ वर्षीय अनिल गिरी रहेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
लागु औषधको कारोबार भइरहेको भन्ने सूचना पाएर खटिएको कार्यालयको टोलीले उनीबाट ४० ग्राम खैरो हेरोइन बरामद गरेको छ।
उनीमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त सातदोबाटोमा पठाइएको छ।