सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन्।
जनकपुरबाट मलंगवा जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले कविलासी नगरपालिका-१० मा स्थानीय युगलकिशोर महतोलाई ठक्कर दिएको थियो।
उनलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञावलीले जानकारी दिए।
उनलाई ठक्कर दिएपश्चात स्थानीयहरूले बस तोडफोड र आगजनी गरेको हुन्। यात्रुहरू थिए कि थिएनन् भनेर बुझ्ने काम भइरहेको एसपी ज्ञवालीले जानकारी दिए।
बसको आगोलागी नियन्त्रणमा आइसकेको छ,भने चालकको खोजी भइरहेको उनले बताए।