दाङमा बसको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ।
दाङको लमही नगरपालिका-४ का ४० वर्षीय साइकल यात्री हरिप्रसाद पौडेल सोमबार बेलुकी ७ बजेतिर बसको ठक्करबाट गम्भीर घाइते भएका थिए। उनको उपचार क्रममा साढे ७ बजेतिर लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसी जनकबहादुर मल्लले बताए।
भे१ख ३९९८ नम्बरको बसले साइकल यात्री पौडेललाई लमही नगरपालिका-३ वनगाउँ नजिकै ठक्कर दिएको थियो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।