लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवको निधन भएको छ।
सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ६ मा बसोबास गर्दै आएका यादवको ७० वर्षको उमेरमा मंगलबार घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ। यादवको दाहसंस्कार भने बुधबार गरिने छ।
यादवलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ साल कात्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्।
यादव पुराना कम्युनिस्ट नेता मानिन्छन्।
स्थायी शिक्षकबाट राजीनामा दिएर यादव २०४८ साल र २०५१ सालको निर्वाचनमा नेकपा एमालेबाट लडेका थिए। यद्यपि निर्वाचित हुन भने सकेका थिएनन्।