तेह्रथुममा आगलागीबाट १९ घर जलेर नष्ट भएका छन्।
फेदाप गाउँपालिका-१ सिम्लेमा आइतबार भएको आगलागीबाट दिउँसोसम्म १९ घर जलेर नष्ट भएको वडाध्यक्ष मोहनबहादुर श्रेष्ठले जानकारी दिए।
आगो अहिलेसम्म नियन्त्रणमा लिन नसकिएको उनले बताए।
पहाडी क्षेत्र र पानीको समस्या भएका कारण आगलागी नियन्त्रणमा लिन नसकिएको वडाध्यक्ष श्रेष्ठले बताए।
आगलागीबारे थप विवरण आउन बाँकी छ।