अर्घाखाँचीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।
शितगंगा नगरपालिका वडा नं २ सितापुर झिर्रामा माटो लिन गएका दुई जना महिला माटोको ढिस्कोले पुरिएका थिए।
साथीहरू मिलेर घर लिपपोतका लागि माटो लिन गएका मध्ये २ जना माटोको ढिस्को खसेर पुरिएको स्थानीयले बताएका छन्।
पुरिएका मध्ये शितगंगा-२ झिर्रा निवासी ४० वर्षीय शारदा अधिकारीको मृत्यु भएको सितगंगा नगरपालिका वडा नं २ का वडाध्यक्ष रामबहादुर गोर्खा क्षेत्रीले बताए।
उनीसँगै पुरिएकी ३८ वर्षीया राधा अधिकारीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि बुटवल रिफर गरिएको वडाध्यक्ष क्षेत्रीले बताए।
´गाउँका ६/७ जना महिलाहरू मिलेर घर लिपपोत गर्न राम्रो छ भनेर डोजरले बाटो खन्दा निकालेको माटो लिन जानु भएको रहेछ अचानक ढिस्को खसेछ,’ वडाध्यक्ष गोर्खा क्षेत्रीले भने।