पाँचथरमा आइतबार राति भएको आगलागीबाट तीन घर जलेर नष्ट भएका छन्।
पाँचथरको फाल्गुनन्द र फाकफोकथुम गाउँपालिकाको सीमावर्ती पञ्चमी बजारमा आगलागी हुँदा तीनवटा घर जलेका हुन्।
आगलागीबाट स्थानीय श्रीनारायण भट्टराई, कविन्द्र लावती र अम्बिका सापकोटाको घर पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए।
आगलागीबाट घर जलेका तीनैजना स्थानीय शिक्षक ह्नु। छिमेकका अन्य घरहरूमा समेत क्षति पुगेको छ।