बाँके प्रहरीले दुर्लभ पाटे बाघको छालासहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने युवक सुर्खेतको बराहताल गाउँपालिका–२ पाक्माका २८ वर्षीय चन्द्रबहादुर कार्की छन्।
गोप्य सुराकीको आधारमा नेपालगञ्ज उपमहानगरपालिका – २ पुष्पलाल चोकस्थित रोयल महाबुव होटलको कोठा नम्बर १०१ बाट उनी बुधबार दिउँसो पक्राउ परेका हुन्। उनी होटलमा कोठा भाडामा बस्दै आएका थिए।
झोलामा लुकाइराखेको पाटे बाघको छालाको लम्बाई ५ फिट ९ इन्च र चौडाइ ३ फिट २ इन्च रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ।