बारामा १० किलो गाँजा र गाँजा च्याप्ने मेसिन बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराले शनिबार निजगढ नगरपालिका वडा नम्बर १२ रामथलि टोलबाट गाँजा र गाँजा च्याप्ने मेसिन बरामद गरेको डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
एक कच्ची घरमा गाँजा च्याप्न हाइड्रलिक मेसिन राखिएको फेला परेको थियो।
त्यसमा च्यापिएर राखेको १० किलो गाँजा प्रहरीले बरामद गरेको हो।
प्रहरीले यसमाथि थप अनुसन्धान अघि बढाएको छ।