वर्षाले काठमाडौंको वायुमण्डलमा रहेको धुवाँ—धुलोको मात्रा केही घटाएको छ।
काठमाडौंमा बिहीबार १२ मिलिमिटर वर्षा भएको थियो। जल तथा मौसम विज्ञान विभागकाअनुसार सुन्दरीजल केन्द्रमा पछिल्लो २४ घन्टामा १२ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै कीर्तिपुरमा पछिल्लो २४ घन्टामा ११.८ मिलिमिटर वर्षा मापन भएको छ।
पछिल्लो २४ घन्टामा धनकुटाको लेगुवाघाटमा सबैभन्दा बढी पानी परेको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ३९ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै, खोटाङको ऐंसेलुखर्क केन्द्रमा २९.२ मिलिमिटर, धनकुटाकै त्रिवेणीमा २१.६ मिलिमिटर र सप्तरकिो बरमझियामा २३.२ मिलिमिटर वर्षा मापन भएको छ।
वर्षाले काठमाडौंको वायु प्रदूषण घटेको आइक्यु एयर इन्डेक्सले जनाएको छ। सिंगापुरले रियल टाइममा मापन गर्ने वायु शुद्धता सूचकांकअनुसार अहिले नेपालमा विश्वका प्रदूषित सहरमध्ये काठमाडौं चौथो स्थानमा छ।
चीनको बेइजिङ सहर पहिलो स्थानमा छ। अहिले अहिले बिहान ६ः३१ बजे त्यहाँको प्रदूषणको अवस्था एक्युआइ १९७ छ। भारतको नयाँ दिल्लीको प्रदूषणको अवस्था एक्युआइ १८४ छ। बंगलादेशको राजधानी ढाकाको प्रदूषणको अवस्था एक्युआइ १८० र काठमाडौंको एक्युआइ १६१ रहेको छ।
सूचांकाकअनुसार एक्युआइ सयभन्दा माथिको वायु अत्यन्त अस्वस्थकर मानिन्छ।
वन तथा भूसंरक्षण विभागका अनुसार विगत ६ दिनयता देशभर १३८ स्थानमा डढेलो लागेको थियो। जसका कारण वायुमण्डलमा प्रदूषित बन्न पुगेको हो।