संयुक्त राष्ट्रसंघको नमुना सम्मेलन सम्पन्न भएको छ।
राष्ट्रिय युवा परिषदले चैत २६ देखि भक्तपुरको एसओएस बालग्रामको हाताभित्र सञ्चालन गरिएको संयुक्त राष्ट्रसंघ अभ्यास बिहीबार सम्पन्न भएको हो।
अभ्यासमा देशभरबाट २ सय जनाभन्दा बढी युवाहरूको सहभागिता थियो।
चार दिनसम्म चलेको अभ्यासममा ललितपुरकी नुज्जु अवालेले महासचिवको भूमिका निर्वाह गरेकी थिइन्।
नमुना राष्ट्रसंघका लागि खुल्ला अनलाइन आवेदनका आधारमा सहभागी छनोट गरिएको थियो।
कार्यक्रमलाई उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए भने युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कार्यक्रमको समापन गरे।
समापन समारोहमा मन्त्री श्रेष्ठले युवालाई नेतृत्वदायी र प्रतिस्पर्धी भूमिकामा स्थापित गराउन यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताए। उनले युवा स्वरोजगार र सशक्तिकरण मन्त्रालयको मुख्य ध्यान रहेको बताए ।
संयुक्त राष्ट्रसंघको नेपाल स्थित आवासीय कार्यालयको तर्फवाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आईसाने मेडागान्गोडा लबेले नेपाली युवाहरुले राष्ट्रसंघीय अभ्यास वुझ्नु अत्यन्तै आवश्यक रहेको वताइन्। लबेले युवा पुस्ताले विश्व शान्ति र सद्भाव कायम राख्न महत्वपुर्ण भुमिका खेल्न सक्ने बताइन् ।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुलाई राष्ट्रसंघीय अभ्यास , दिगो विकास लक्ष्य, कुटनीतिक आयाम , साझा अन्तर्राष्ट्रिय सवालहरु, जलवायू परिवर्तन, मानव अधिकार , सुरक्षा परिषद लगायतका विषयमा प्रशिक्षित गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए।
चार दिने कार्यक्रममा सहभागी युवालार्इ विभिन्न ६ वटा समितिमा विभाजन गरी अलग-अलग विषयमा छलफल तथा अभ्यास गराइएको थियो।
संयुक्तराष्ट्र संघ अनर्गत महिला समिति, सुरक्षा परिषद् समिति, मानवअधिकार परिषद् समिति, वातावरणीय कार्यक्रम समिति , आर्थिक तथा वित्तीय समिति समिति, अन्तर्राष्ट्रिय प्रेस समिति जस्ता फरक फरक क्षेत्रमा युवाहरुले अभ्यास गरेका थिए।
उपरोक्त समितिहरुमा सांसद सुनिता बराल, बैङ्कर्स तथा उद्यमी अनिल केशरी शाह, भाइराजा पाण्डे, सुनिल शर्मा, रौनिक राज अर्याल लगायतले विषयगत सहजिकरण समेत गरेको परिषदका उपसचिव कर्ण कवरले जनाए।
कार्यक्रममा विश्व वन्य जन्तु कोषका राष्ट्रिय निर्देशक डा. घनश्याम गुरुङ, एसओएस् वालग्रामका राष्ट्रिय निर्देशक डा.गंगावहादुर गुरुङ् , परिषद् सदस्य सजिना थापा मगर, प्रशासकीय प्रमुख दिनेस घिमिरे, क्रियजन का अध्यक्ष आनन्द भिश्र, युथ थिङ्कर्स सोसाइटिका क्षितिज भट्टरार्इ लगायतले शुभकामना दिएका थिए।