काठमाडौंको कलंकीस्थित भाटभटेनीमा लागेको आगो नियन्त्रणमा आएको छ।
शुक्रबार साँझ भाटभटेनी सुपरमार्केटको जेनेरेटर राख्ने ठाउँमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
उक्त आगो नियन्त्रणमा आएको छ।
दमकल, प्रहरी लगायतको सहयोगमा आगो नियन्त्रणमा आएको हो। आगलागीबाट जेनेरेटरमा मात्रै क्षति पुगेको प्रहरीले जनाएको छ।