रामेछापमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सोमबार बिहान पौने ६ बजे मन्थली नगरपालिका-७ मन्थलीघाट नजिक टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका–३ रस्नालुका २३ वर्षीय पवित्र बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए।
दुर्घटनामा परी दोलखाको तामाकोशी गाउँपालिका–६ का २१ वर्षीय सहचालक मनोज फुँयाल घाइते भएका छन्। उनको मन्थली नगर अस्पतालमा उपचार भइरहेको छ।
बालुवा लिएर भटौलीबाट मन्थलीतर्फ जाँदै गरेको बा प्र ०१–००६–३८३९ नं को टिपर सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।