भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले करारमा नगरप्रहरी भर्ती गर्न लागेको छ।
सोमबार सूचना प्रकाशन गर्दै नगरपालिकाले १२ जना नगरप्रहरीको पदपूर्तिका लागि दरखास्त मागेको हो।
नगरपालिकाले १ जना नगर प्रहरी निरीक्षक, एक जना नगर प्रहरी सहायक निरीक्षक र १० जना नगर प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको हो।
इच्छुक र योग्यता पुगेका नेपालीले २१ दिनभित्र नगर कार्यपालिकाको कार्यालयमा उपस्थित भई दरखास्त बुझाउन सक्नेछन्।
दरखास्त शुल्क नगर प्रहरी निरीक्षकका लागि एक हजार, सहायक निरीक्षकका लागि सात सय र जवानका लागि तीन सय रूपैयाँ तोकिएको छ।
नगर प्रहरी निरीक्षकका लागि २१ वर्ष पूरा भई २४ वर्ष ननाघेको र स्नातक तह वा सोसरह उत्तिर्ण भएको हुनुपर्ने सूचनामा उल्लेख छ।
प्रहरी निरीक्षक वा सो सरहको पदबाट पूर्व जनपथ र सशस्त्र प्रहरी वा नेपाली सेनाबाट अवकाश प्राप्तको हकमा भने ४४ वर्ष ननाघेको हुनुपर्ने छ।
सूचनाः