हिन्दुहरूको महान चाड वडा दसैंको आगमनसँगै शक्तिपीठहरूलाई झिलिमिली बत्तीहरू सजाइएको छ।
नक्साल, भगवती मन्दिर, मैतीदेवी मन्दिर, कालिका स्थान लगायत देवी मन्दिर सजाइएको हो।
वडादसैंमा घटस्थापनाको दिनदेखि नै विभिन्न शक्तिपीठमा पूजाअर्चना गरिन्छ।
यी पीठहरूमा पूजाअर्चना गर्नुको पछाडि अनेकौं धार्मिक विश्वास एवं किंवदन्ती जोडिएका छन्।
दसैंमा विशेषगरी महाकाली, महालक्ष्मी, महासरस्वती, अम्बिका, उमा, दुर्गालगायत विभिन्न स्वरूपमा नवदुर्गाको पूजा गरिन्छ।
काठमाडौंका शोभा भगवती, दक्षिणकाली र भद्रकाली, नुवाकोटको भैरवी, गोरखाको मनकामना, काभ्रेको पलाञ्चोक भगवती लगायत मठमन्दिरमा घटस्थापनादेखि नै देवीदर्शन र पूजाअर्चनाका लागि भक्तजनको भिड लाग्छ।
-1727958673.jpg)
-1727958673.jpg)
-1727958673.jpg)
-1727958672.jpg)
-1727958671.jpg)
-1727958671.jpg)
-1727958672.jpg)
-1727958670.jpg)
-1727958672.jpg)
-1727958671.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी।