हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ।
त्यस्तै अरब सागर तथा बंगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
बुधबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदली रहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।
दिउँसो बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेश,बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशका तराइका भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बुधबार राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भु-भागमा साधारणतया बदली रहि बाँकी भू-भागमा आँशीक बदली रहने पूर्वानुमान छ।
राति मधेश प्रदेश लगायत कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेश प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ।