अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रधानाध्यापकसहित २ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।
धनुषाको विदेह नगरपालिका-२ दुहवीको शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर र लेखापाल अरूणकुमार कुशियैतविरूद्ध अख्तियारले सोमबार मुद्दा दर्ता गरेको हो।
आर्थिक वर्ष २०७८/०७९ मा आइसिटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/०८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आइटी ल्याब स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा रकम हिनामिना गरेको अख्तियारको आरोप छ।
प्रधानाध्यापक धनिकलाल र अरूणकुमारलाई जनही ८ लाख ६२ हजार १५२ रूपैयाँ बिगो माग दाबी गरेको अख्तियारको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।
प्रवक्ता अधिकारीका अनुसार उनीहरूको आपसी मिलोमतोमा सरकारी रकम हिनामिना गरेको अख्तियारको आरोप छ।