भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्व गृहसचिवसहित तीन जनालाई तोकेको स्थानहद फुकुवा गरेको छ।
पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआइजिपी चन्द्रकुबेर खापुङ र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको स्थानहद फुकुवा गरेको हो। आयोगले उक्त निर्णय सोमबार गरेको हो।
यसअघि तीन जनामाथि आयोगले विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाडन नपाउने भनेर कात्तिक २७ गते निर्णय गरेको थियो।
आयोगले उनीहरूको बयान लिइसकेको छ। बयान लिएपछि स्थान हद फुकुवा गरेको हो।
अब आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको बयान लिने तयारी गरेको छ। बयानका लागि शुक्रबार उपस्थित हुन पत्र पठाएको छ।
त्यसपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने आयोगले तयारी गरेको हो।