नेपाल प्रहरीका १६ जना डिएसपीलाई एसपी बढुवाका लागि सिफारिस गरिएको छ।
सोमबार बसेको बढुवा सिफारिस समिति बैठकले पुष्पराज मल्ल, धर्मराज भण्डारी, रविन श्रेष्ठ, श्मामु अर्याल लगायत १६ जनालाई बढुवाको लागि सिफारिस गरेको हो।
पुष्षराज मल्ललाई गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल कार्यालय आन्तरिक टर्मिनल भैरहवा, रूपन्देही,धर्मराज भण्डारीलाई मानव बेचबिखन अनुसन्धान ब्युरो पिलर १ नेपाल भारत, रविन श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्साल, काठमाडौंमा सिफारिस गरिएको छ।
त्यस्तै, दिलिपकुमार गिरीलाई बागमती प्रदेश तालिम केन्द्र दुधौली, सिन्धुली, कुमारबिक्रम थापालाई नेपाल प्रहरी विद्यालय साँगा, काभ्रेपलाञ्चोक, बुद्ध श्रेष्ठ नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी, सुनसरीमा सिफारिस गरिएको छ।
मानबहादुर राईलाई मधेस प्रदेश प्रहरी गण जनकपुर, धनुषा, मोहनबहादुर खाँणलाई नेपाल प्रहरी गण जनकपुर, धनुषामा सिफारिस गरिएको छ।
-1768226006.jpg)
-1768226027.jpg)