सुर्खेतमा मोटरसाइकलको ठक्करबाट घाइते एक वृद्धाको उपचार क्रममा मृत्यु भएको छ।
घाइते जिल्लाको वीरेन्द्रनगर नगरपालिका – १३ की ७० वर्षीया लक्ष्मी लामिछानेको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर – ११ पिपरी चोकमा धुलियाबिटबाट सुर्खेत बजारतर्फ जाँदै गरेको क.प. ०२००२ प ३२७१ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी लामिछानेलाई दिउँसो पौने २ बजेतिर ठक्कर दिएको थियो।
उनको उपचारका क्रममा बेलुकी सवा ४ बजेतिर मृत्यु भएको थियो।
प्रहरीले मोटरसाइकल चालक लेखबेसी नगरपालिका – ३ का २९ वर्षीय हर्कबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको छ। लामिछानेको शव पोस्टमर्टमका लागि अस्पतालमै राखिएको छ।
पक्राउ परेका चालक बस्नेतविरुद्ध सवारी ज्यान मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।