दाङमा एक जना प्रहरी कर्मचारी मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान ३२ वर्षीय हरिबहादुर जिसी घोराही उपमहानगरपालिका-१८ घोडदौरा जंगलमा मृत फेला परेको डिएसपी चक्रबहादुर शाहले जानकारी दिए।
माघ ८ गते कार्यालयबाट बिदा मागेर गएका उनी आइतबार जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
बुबा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियुमा भर्न भएको भनेर उनले बिदा लिएका थिए।
तर कार्यालय नफर्किएपछि खोजी गर्न थालिएको डिएसपी शाहले बताए। मृतक जिसी कार्यालयमा सवारी चालकको रूपमा कार्यरत थिए।
प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।