युवराज पौडेल (सफल) पक्राउ परेका छन्।
सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको, गाली गलौज गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई मंगलबार पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए।
‘गालीगलौज, अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको हो, म्याद थपेर अनुसन्धान अघि बढाएका छौं,’ उनले भने।
उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारी लक्षित गरी नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी मुद्दा फिर्ता लिने कार्य गरेको भन्दै आरोप लगाएका थिए।
उनलाई कारबाही गर्न भनेर कार्यालयले माघ ८ गते पत्राचार गरेको थियो।
भिडिओसमेत उपलब्ध गराएपछि प्रहरीले सफललाई पक्राउ गरेको हो।
काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थपेर अनुसन्धान अघि बढाएको छ।