सुदूरपश्चिम, कर्णाल, लुम्बिनी, गण्डकी प्रदेशका अधिकांश भूभागमा र बागमती प्रदेशका केही स्थानमा हिउँदे वर्षा भएको छ। यो दोस्रो हिउँदे वर्षा हो। यसअघि माघ ९ गते बेलुकादेखि १० गते बिहानसम्म पनि हल्का वर्षा भएको थियो।
मंगलबार रातिदेखि पश्चिमी वायुको प्रभावको कारणले विशेष गरेर नेपालको पश्चिमी क्षेत्रमा वर्षा भइरहेको हो।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको वेबसाइटमा उल्लेखित विवरणअनुसार पछिल्लो १२ घन्टामा गाइबन्डे केन्द्रमा २९.६, डडेलधुराको जोगबुढामा २४.६, कञ्चनपुरको हनमान नगरमा २३.६, ज्यामिरखाली केन्द्रमा २६.२, चिउरी केन्द्रमा २५.८ मिलिमिटर वर्षा भएको छ। काठमाडौंमा चाहिँ अहिलेसम्म वर्षा भएको छैन।
हिमाली भेगमा हिमपात र पहाडी भेगमा वर्षा नहुँदा बालीनालीमा असर परेको थियो। प्रदूषण र वन डढेलो पनि बढेको थियो।