काभ्रेमा स्कुल भ्यान दुर्घटनामा परेको छ।
बुधबार बिहान मण्डनदेउपुर नगरपालिका-९ जितौरी पोखरीमा विद्यार्थी बोकेको भ्यान दुर्घटनामा परेको हो।
हिगुवापाटी- चन्देनी सडक खण्डमा बा १ ज ८६७२ नम्बरको नवप्रतिभा इङ्ग्लिस बोर्डिङ स्कुलको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी रविन विष्टले जानकारी दिए।
उनका अनुसार उक्त भ्यानमा ५ जना विद्यार्थी सवार थिए। उनीहरूको अवस्था सामान्य छ। तर चालक २४ वर्षीया दिपिका ढकाल भने घाइते भएकी छन्।
'चालक दिपिकाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ,' डिएसपी रविन विष्टले भने।
उक्त भ्यान ब्रेक फेल भएर सडकबाट ६ मिटर दाँया तर्फको घरमा ठोक्किएको उनले सेतोपाटीलाई जानकारी दिए।