काठमाडौंको दरबारमार्गस्थित एक क्लबमा लागेको आगो नियन्त्रणमा आएको छ।
बिहीबार बिहान दरबारमार्गमा रहेको ब्ल्याक हाउस डान्स क्लबमा आगलागी भएको हो।
उक्त आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए।
काठमाडौं महानगरबाट चार वटा दमकल पठाइएको थियो।
क्लबको भान्छाबाट आगलागी भएको अनुमान छ। क्षति विवरण आइसकेको छैन।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी














