प्रजातन्त्र स्थापना, पुनर्स्थापना र विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरूको सम्झनामा आज सहिद दिवस मनाइएको छ।
काठमाडौं महानगरपालिकाको संयोजकत्वमा सहिद उद्यान लैनचौरमा सहिदहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ।
कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता थियो।
त्यसअघि शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र सहिदको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी सहिद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत भएको थियो ।
इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी सहिद दिवस मनाउने चलन छ।
तस्बिरहरूः


















सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी