सिराहामा गोली प्रहार गरी एक जना पुरूषको हत्या भएको छ।
शुक्रबार दिउँसो साढे ३ बजेतिर सिराहा नगरपालिका-७ आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो।
उनीमाथि गोली प्रहार गरी हत्या भएको मधेस प्रदेश प्रहरी कार्यलयका एसपी कमल थापाले जानकारी दिए।
घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासुदेव पाठकको कमाण्डमा टोली खटिएको थियो।
उक्त टोलीले गोली प्रहार गर्ने व्यक्तिको पहिचान र खोजी गर्ने काम गरिरहेको छ।