जेनजी आन्दोलनका क्रममा नख्खु कारागार कार्यालय ललितपुरबाट भागेको एक कैदी पर्सामा पक्राउ परेका छन्।
वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा टोल बस्ने २३ वर्षीय प्रविन चौरसिया पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोली र मातहत प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो।
गोप्य सूचनाको आधारमा वीरगञ्ज–१५ रामनगर चोकबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।
प्रविनविरूद्ध ठगी मुद्दामा ५ वर्ष ६ महिना कैद र ८७ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो।
उनलाई वीरगञ्ज कारागार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।