लुम्बिनी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ।
प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले सोमबार नै सार्वजनिक विज्ञप्तिमार्फत सार्वजनिक बिदा दिएको उल्लेख गरेका थिए।
लुम्बिनी प्रदेश सभा २०७४ माघ २१ गते स्थापना भएको थियो। लुम्बिनी प्रदेश सरकार स्थापना भएको आठ वर्ष पूरा भएको छ।
२०८० भन्दा पहिले लुम्बिनी सरकारले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रूपमा मनाउँदै आएको थियो।
२०८० सालदेखि दुई वटा दिवसलाई एकैदिन मनाउने गरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रूपमा मनाउन थालिएको थियो।