सशस्त्र प्रहरी बल, नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) विष्णु प्रसाद भट्टलाई दिइएको छ।
यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्रका डिआइजी मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएपछि डिआइजी भट्टलाई सो जिम्मेवारी दिइएको हो।
उनलाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने सशस्त्रका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।