जथाभावी पार्किङ गरी ट्राफिक व्यस्थापनमा असर पुर्याउने १५ वटा रात्रिकालीन बसलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष चेकिङ गरी १५ वटा रात्रिकालीन बसलाई कारबाही गरेको एसपी नरेशराज सुवेदीले जानकारी दिए।
उनका अनुसार बाटो इजाजत अनुसार गन्तव्यमा नगई जथाभावी पार्किङ गर्दा ट्राफिक जाम हुने गर्छ।
यसो हुँदा व्यवस्थापनमा समेत असर पुगेपछि चेकिङ गरी कारबाही गरिएको उनले बताए।
उनीहरूलाई यातायात व्यवस्था ऐन २०४९ को दफा ७५ र दफा १६० अनुसार कारबाही गरेको हो।
उक्त कसुर गरेबापत एक हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।