न्याय परिषदले ३० जना न्यायाधीशको सरूवा एवं पदस्थापन गरेको छ।
बुधबार बसेको परिषदको बैठकले १० जना न्यायाधीशको सरूवा र २० जनाको पदस्थापन गर्ने निर्णय गरेको हो।
त्यस्तै उपभोक्ता अदालत काठमाडौंको अध्यक्षमा काठमाडौं जिलला अदालतका न्यायाधीश दिवाकर भट्टलाई तोक्न परामर्श दिएको छ।
बीमा ऐन, २०७९ को दफा १४७ को उपदफा १ को कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने प्रयोजनका लागि ७७ वटा जिल्ला अदालतलाई तोक्न परामर्श दिने पनि बैठकले निर्णय गरेको छ।
सूची: