बर्दियामा एकै दिन चितुवाको आक्रमण परी दुई जनाको मृत्यु भएको छ।
जिल्लाको गुलरिया नगरपालिका –४ तुलसीपुर टोलका ३५ वर्षीय नन्दु रोकाएको बारबर्दिया नगरपालिका– ११ बेलभारस्थित जागृती सामुदायिक वनमा घाँस काट्न गएको समयमा चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।
यो घटना बिहीबार बिहान साढे ११ बजेको थियो ।
त्यस्तै मधुवन नगरपालिका– ९ की ४९ वर्षीया मैसरा डाँगीको पनि बिहीबार बेलुकी पख बाघको आक्रमणबाट मृत्यु भएको छ।
नेपाल–भारत सीमाना क्षेत्रमा डाँगी स्थानीय संग घाँस काट्न गएको समयमा दिउँसो २ बजेतिर चितुवाले आक्रमण गरी भारत तर्फको जंगलमा लगेको थियो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी देवेन्द्रकुमार मल्लका अनुसार खोजी गर्ने क्रममा डाँगीको शव बेलुकी साढे ७ बजेतिर नेपाल – भारत सीमा स्तम्भ ७० नम्बरदेखि करिब १०० मिटर पर नेपाल तर्फकै अरहर बारीमा फेला परेको थियो।
माघ १५ गते मात्रै बारबर्दिया नगरपालिका – ११ जब्दीका ५० बर्षीय प्रेमबहादुर घर्ती मगर स्थानीय जनमुक्ती सामुदायिक वनमा घाँस काटन गएको अवस्थामा चितुवाको आक्रमण बाट गम्भीर घाइते भएका छन्।
घाँटीमा गहिरो घाउ खेत रहेका उनको उपचार जारी छ।