जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी श्यामबहादुर खत्रीको संयुक्त टोलीले सिआन पुनर्स्थापना केन्द्रमा स्थलगत भ्रमण, अनुगमन तथा निरीक्षण गरेको छ।
भ्रमणका क्रममा उनीहरूले केन्द्रले लागुऔषध दुर्व्यसन उपचार, पुनर्स्थापना तथा सामाजिक पुनःएकीकरणका क्षेत्रमा पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गरे।
सेवा प्रवाहको गुणस्तर, उपचारात्मक पद्धति, व्यवस्थापन प्रणाली तथा पुनर्स्थापनापश्चात् सामाजिक पुनःएकीकरणका अभ्यासहरूबारे महत्वपूर्ण सुझाव तथा प्रेरणादायी भनाइ व्यक्त गर्दै राज्य संयन्त्र र पुनर्स्थापना संस्थाबीच सहकार्य अझ सशक्त बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रमले पुनर्स्थापना सेवाको प्रभावकारिता अभिवृद्धि, संस्थागत समन्वय मजबुत बनाउने तथा दुर्व्यसन विरूद्धको साझा अभियानलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।