बैतडीमा माइक्रो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–००१ज ०६२४ नम्बरको माइक्रो सिल्लेगडा–बडिया सडकखण्डको घोडेधारनजिक गए राति र्घटनामा परेको हो।
माइक्रोका चालक दोगडाकेदार–५ का गम्भीर घाइते भएका मदन ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले जानकारी दिए।
सो सवारी साधनमा चालकमात्र सवार रहेका थिए।
दुर्घटनाग्रस्त सो गाडी सडकबाट २५० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।