त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १४ किलो गाँजासहित चार जना पक्राउ परेका छन्।
तीन वटा छुट्टाछुट्टै जहाजबाट काठमाडौं आइपुगेका चार जना भारतीय नागरिकलाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले जानकारी दिए।
शुक्रबार बिहान साढे ६ बजे दिल्लीबाट काठमाडौं आइपुगेको एयर इन्डिया, पौने ९ बजे एयर अरबियाबाट आइपुगेका र दिउँसो सवा १ बजे मलेसियन एयरबाट आएका चार यात्रुलाई प्रहरीले पक्राउ गरेको हो।
२४ वर्षीय मोहम्मद जुनैद, ४४ वर्षीय अफ्साना अमिर हुसैन शइख, ४३ वर्षीया समीना अख्तर बैग मिर्जा र २९ वर्षीय शहजीब अहमदलाई प्रहरीले पक्राउ गरेको हो।
जुनैदबाट ३ किलो ८७० ग्राम गाँजा, अफ्साना र शमीनाबाट बाट ७ किलो ४०० ग्राम र शहजेबबाट ३ किलो ३०० ग्राम गाँजा बरामद भएको हो।
उनीहरूले लुकाएर गाँजा तस्करी गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।