हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
पछिल्लो चौबीस घन्टामा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ।
महाशाखाका अनुसार लमजुङको राइनसटारमा पछिल्लो चौबीस घन्टामा ३०.६ मिलिमिटर वर्षा भएको छ। कास्कीको छोम्रोङमा १५.४ मिलिमिटर वर्षा भएको छ। गण्डकीकै अरु विभिन्न स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ।
दाङको पदमपुरमा ३३ मिलिमिटर वर्षा मापन भएको छ। कर्णाली र सुदूरपश्चिमका एक दुई स्थानमा पनि पछिल्लो चौबीस घन्टामा छिटपुट वर्षा भएको छ।
सोमबार दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ।
देशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ।
पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
राति तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।