कर्णाली प्रदेशका १० जना युवालाई 'कर्णाली युथ आइकन अवार्ड' प्रदान गरिएको छ।
कर्णाली युवा महोत्सवको अवसरमा प्रदेशभरका उत्कृष्ट १० युवाहरूलाई अवार्ड प्रदान गरिएको हो।
कर्णालीलाई कर्मथलो बनाएर समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याएका, प्रेरणादायी कार्य गरेका तथा सामाजिक रुपान्तरणका क्षेत्रमा काम गरेका उत्कृष्ट १० जना युवालाई कर्णाली युथ आइकन अवार्डबाट सम्मान गरिएको हो।
सोमबार महोत्सव समापन समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका नेत्र रोग विशेषज्ञ डा. आकांक्षा रानालाई युथ आइकन अवार्ड प्रदान गरेका हुन्।
पत्रकारिताको तर्फबाट चाँदनी कठायत, गीत संगिततर्फ इब्सल सन्ज्याल, शिव संगित, युवा व्यवसायीतर्फ मनिषजंग शाही, युवा उद्यमीतर्फ प्रमिला बुढा, सामाजिक क्षेत्र हिक्मत वादी, समाजसेवीका रुपमा हरि कँडेल, चलचित्रतर्फ केशव थापा, युवा उत्प्रेरक आदर्शविक्रम सिंहले युथ अवार्ड प्राप्त गरेका छन्।
उनीहरुलाई प्रदेश प्रमुख जोशीले अवार्ड प्रदान गरेका थिए।