बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्।
जुम्लाको पातारासी गाउँपालिका-५ का वडाध्यक्ष ४१ वर्षीय दत्त बहादुर बुढा बुधबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रवीनबाबु रेग्मीले जानकारी दिए।
२८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
ती युवतीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको डिएसपी रेग्मीले जानकारी दिए।
बुधबार पक्राउ गरेर म्याद थपका लागि अदालत लगिएको थियो।
अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान अघि बढाइएको डिएसपी रेग्मी जानकारी दिए।